Logo
Logo

छुवाछुत हटाउने सहभोज खाँदा छिमेकीबाटै बहिस्कार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ साउन । जातीय छुवाछुत हटाउन आयोजना गरिएको सहभोज कार्यक्रममा सहभागी भएर दही खाएका खोटाङका एक वृद्ध सामाजिक बहिष्कारमा परेका छन् । दिक्तेल नगरपालिका–१ कोलेबाली गाउँका ७६ वर्षीय टंकप्रसाद आचार्य १८ जेठमा सहभोजमा सहभागी भएका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
छुवाछुत हटाउन सहयोगी भएको भन्दै उनलाई दिक्तेलमा भएको सहभोज कार्यक्रममा दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । तर, सानो जातका मान्छेसँग बसेर खाएको र सामाजिक चलन बिगारेको भन्दै आफन्त र छिमेकीले नै उनलाई अघोषित रूपमा बहिष्कार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्