Logo
Logo

प्रभु बैंक र चुरे हिल हस्पिटलबीच आकर्षक छुटसम्बन्धी सम्झौता



काठमाडौं । प्रभु बैंक र हेटौंडाको मकवानपुरस्थित चुरे हिल हस्पिटल प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट हेटौंडा शाखा कार्यालय प्रमुख अशोकप्रताप साह र चुरेहिल हस्पिटलका तर्फबाट प्रशासनिक प्रमुख रवीन्द्रकुमार थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले चुरेहिल हस्पिटलद्वारा सञ्चालित (आइसीयु)बाहेकका सम्पूर्ण सेवामा १५ प्रतिशतका साथै फार्मेसी औषधि शुल्कमा पाँच प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौताअन्तर्गत चुरेहिल हस्पिटलमा सुविधा लिन चाहने बैंकका ग्राहक महानुभावले प्रभु बैंकको डेबिटकार्ड, क्रेडिटकार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानल प्रयोग गरी भुक्तानी गर्दा, चुरेहिल हस्पिटल प्रालिका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभाव लाभान्वित हुनुहुने भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्