Logo
Logo

जगदम्बा मोटर्सको तीन नयाँ शोरुम उद्घाटन


504
Shares

काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले दसैंको पहिलो दिन अर्थात घटस्थापनाको अवसरमा थप तीन शोरुमको उद्घाटन गरेको छ ।

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्रकुमार अधिकारीको प्रमुख अतिथ्यमा परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्रा.ली, बुढानिलकण्ठ नगरपालिकाका मेयर श्री मिठाराम अधिकारीको प्रमुख अतिथ्यमा काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज प्रा.ली, र जिल्ला उद्योग बाणिज्य संघ घोराहीका अध्यक्ष श्रि टंक बुढाथोकीको प्रमुख अतिथ्यमा दाङ्गको घोराहीमा नेबेल टे«डिङ्ग गरि तीनै शोरुम एकैदिन उद्घाटन गरिएको हो ।

जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीले नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

प्रतिक्रिया दिनुहोस्