Logo
Logo

कामना सेवाद्वारा स्मार्ट फोन विजेता घोषणा



काठमाडौं । डिजिटल कारोबार गर्ने कामना सेवा विकास बैंकका ग्राहकले स्मार्ट फोन प्राप्त गरेका छन् । बैंकले डिजिटल करोबार प्रवद्र्धन गर्न १९ भदौदेखि २४ गतेसम्म केएस डिजिटल विक सञ्चालनमा ल्याएको थियो ।

विभिन्न अफरमध्ये एफ वान सफ्टसँगको साझेदारीमा सञ्चालन गरेको तीनवटा फरक कारोबार गरेका दुईजनाले स्मार्ट फोन प्राप्त गरेको बैंकले जनाएको छ ।

उक्त कारोबार गर्ने ग्राहकबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालद्वारा लक्की ड्र गरी हेटौँडाका अजित बिडारी र वीरगन्जका पर्फेक्ट सोलुसन सेन्टरलाई स्मार्ट फोन विजेता घोषणा गरिएको थियो । उक्त स्मार्ट फोन बैंकको सम्बन्धित शाखाका शाखा प्रमुखद्वारा हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्