Logo
Logo

हत्याको छानविन गर्न माग गर्दै सडक अबरुद्ध


- दृष्टि न्युज/संवाददाता


गोरखा, ३१ साउन । मनकामना बहिरा माध्यमिक विद्यालयका कर्मचारी श्यामहरि घिमिरेको हत्याको छानविन गर्न माग गर्दै स्थानीयबासीले गोरखाको आँबुखैरेनी सडक अवरुद्ध गरेका छन् । स्थानीयबासीले शुक्रबार बिहानैदेखि गोरखा नगरपालिका १० टक्सारमा सडकमा ढुंगा थुपारेर अवरुद्ध बनाएको जिल्ला ट्राफिक कार्यालयले जनाएस्को छ ।
घटनाको तत्काल छानबीन गर्ने र सत्यतथ्य सार्वजनिक गर्ने माग राखेर बिहान ९ बजेदेखि सडकअवरुद्ध गरिएको मृतकका आफन्त सुबास घिमिरेले जानकारी दिए । स्थानीयबासीले घटनाको यथासीघ्र अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।
सोमबार राति विद्यालयबाट घर जान हिँडेका ५० वर्षीय घिमिरेको मंगलबार बिहान नौ बजे विद्यालय नजिकैको जंगलमा शव भेटिएको थियो । विद्यालयभित्र यसअघि पनि कुटपिट भइरहने र विद्यालयभित्रको कर्तुत बाहिर ल्याइदिने त्रासले विद्यालयभित्रै उनको हत्या भएको परिवारको आशंका गरिएको छ । पोष्टमार्टम गरिएको शव मृतकका आफन्तले अहिलेसम्म बुझ्न मानेका छैनन् । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले घटनाको छानविन गरी छिट्टै अवरुद्ध सडक खुलाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्