Logo
Logo

चिकित्सा शिक्षा आयोगमा तीन जनाको नाम सिफारिस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३१ साउन । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । बुधबार बसेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिबारे तीन जनाको नाम टुंगो लगाएको हो ।
जसमा प्राडा. सुरेन्द्र शेरचन, नम्बरमा प्राडा. शम्भुकुमार पहारी र प्राडा श्रीकृष्ण गिरी रहेका छन् । सिफारिस गरेको नाम आज आज बस्ने मन्त्रिपरिषद् बैठकमा सिफारिस गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय चिकित्साशिक्षा ऐन, २०७५ ले चिकित्सा शिक्षा आयोगको कार्यकारी नेतृत्व उपाध्यक्षलाई दिएको छ । पहिलो आवेदनमा विवाद भएपछि दोस्रोपटक १ साउनमा आवेदन खुलाइएपछि ११ जनाले आवेदन दिएका थिए । जसमध्ये तीन जना छनोट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्