काठमाडौं । माछापुच्छे बैंकले एनसिएचएलसंगको सहकार्यमा नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटमा क्यूआरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ । चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्देश्यले क्यासब्याक अफर सञ्चालनमा ल्याएको हो ।

यो अफर २०७८ असोज ८ गतेदेखि असोज १४ गतेसम्मका लागि लागू रहने छ । जसअन्तर्गत बैंकका ग्राहकले नेपाल पे क्युआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम रु. १०० सम्म क्यासब्याक पाउन सक्नुेछन् । साथै बैंक संगसगै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरि कपडा एवं जुत्ताको खरीदमा थप १० प्रतिशत सम्मको छुट संचालनमा ल्याएको छ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«्रे बैंकले हालै मात्र नेपाली बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य नविनतम डिजिटल सेवाहरु मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता खोल्ने (मुद्धती खाता खोल्न) लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।












