काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्स्खा कमल थापाले आसन्न निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच प्रतिस्पर्धा हुने बताएका छन् ।

बागमती गाउँ पालिकाको फापरबारीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले हाल विकसित ध्रुवीकरणलाई हेर्दा आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा हुने देखिएको बताएका हुन् ।
राष्ट्रलाई माया गर्ने र विदेशी चलखेलबाट देशलाई मुक्त पार्न चाहनेहरु जती आगामी चुनावमा एकजुट हुनुपर्नेमा उनले जोड दिए । मुलुक कुशासनको दलदलमा भासिएको र भ्रष्टाचारको चक्रव्यूहमा फसेको भन्दै थापाले राष्ट्रबादी भावना नभएकाहरुले देशको स्वाभिमान जोगाउन नसक्ने दावी गरे ।












