Logo
Logo

हिमालयन रिइन्स्योरेन्स दोस्रो साधारणसभा कात्तिकमा



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको दोस्रो वार्षिक साधारण सभा कार्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको हो ।

साधारणसभा ठमेलको होटल अलफ्टमा हुनेछ । सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ ।

लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा जोक्सान हिसाब नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिनेछ ।

लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने, संचालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने, संचालकको पारिश्रमिक, मता तथा सुविधा लगायतका विभिन्न प्रस्तावहरू सभामा पेश हुनेछन् ।

कम्पनीको अघिल्लो बर्षको बार्षिक साधारणसभाबाट नै सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित भई प्रक्रिया अगाडी बढेको छ ।

चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने प्रस्ताव छ । संचालकको पारिश्रमिक भक्ता तथा सुविधाबारे छलफल गर्ने एजेण्डा छ ।

प्रतिक्रिया दिनुहोस्