Logo
Logo

यू-१७ फुटबल टोलीलाई बिदाइ



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भियतनाम जाने यू-१७ फुटबल टोलीलाई बिदाइ गरेको छ ।

एन्फाले शनिबार एएफसी यू–१७ एसियन कप छनोटका लागि भियतनाम जाने टोलीलाई बिदाइ गएको हो । एन्फाका उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य रुपेश अधिकारीले खेलाडीलाई बिदाइ गरे ।

नेपाली टोली भोलि (आइतबार) त्यसतर्फ प्रस्थान गर्ने छन् । विदाई कार्यक्रममा एन्फा उपाध्याक्ष खड्काले आफ्नो भविष्य निर्माणका लागि गम्भीर र अनुशासित भएर खेल प्रदर्शन गर्न सुझाव दिए । उनले एन्फामा बिगतदेखि रहेको समस्या छिटै समाधान हुने प्रतिवद्धता जनाए ।

समूह एफमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् । नेपालले प्रतियोगिताको पहिलो खेलमा बुधबार थाइल्याण्डको सामना गर्नेछ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्