Logo
Logo

गण्डकी प्रदेश प्रमुखद्वारा विजयादशमीको शुभकामना


315
Shares

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमीले सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धि गर्ने बताएका छन् ।

विजयादशी-२०७९ का अवसरमा शुभकामना सन्देशमार्फत गुरुङले यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

घटस्थापनदेखि नवमीसम्म माता नवदुर्गाको पूजासहित विशेष अर्चना र आराधना गरिने विजयादशमीलाई असत्यमाथि सत्यको विजय हासिल भएको मान्यता र प्रतीकका रूपमा मनाई पर्व विशेष महत्वको चाड भएको शुभकामना सन्देशमा उल्लेख छ ।

हाम्रो मुलुकमा मनाउने गरिएका विभिन्न चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सुदृढ गर्न साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै सन्देशमा उनले भनेका छन्, ‘यस प्रकारका चाडपर्वको संरक्षण एवं संवद्र्धनबाट राष्ट्र, राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्दछ ।’

‘यस पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्