Logo
Logo

नेटुवा समुदायलाई छैन दसैँको रौनक


1.1k
Shares

कपिलवस्तु (बुद्धभूमि) । वरिपरि पक्की घर, लटरम्म धान झुलेका फाँट, भित्री सडक भए पनि पक्की बाटो तर यही परिवेशमा रहेका छन् नेटुवा समुदायका एक दर्जन बढी फुसका घर ।

File Photo

यी नेटुवा जाति दसैँदेखि सरकारी जग्गामा फुसका घर बनाएर बसेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा सो समुदायको बसोबास छ । नेपाली हिन्दूहरुको महान् पर्व वडादसैँको चहलपहल चारैतिर बढिरहँदा सो समुदायमा भने दसैँको उल्लास छैन ।

मधेसी समुदायको दलित जातिको रुपमा परिचित नेटुवाले विजयादशमी पर्व सुनेका छन् तर, अझै मनाएका भने छैनन् । सो समुदायमा वडादसैँको टीका नलगाए पनि नवदुर्गाभर हर्षौल्लास छाउने गरेको छ । सो समुदायमा भने चाडपर्वले रौनकले छुन सकेको छैन ।

उमेरले चालिस काटेका महेन्द्र नटुवाले बडादसैँ आफूहरुका लागि कुनै रौनकको पर्व नभएको बताउछन् । सधैँ एक छाक कसरी खाने भन्ने पिरलोमा रहेका उनले भने, ‘एक छाक कसरी खाने चिन्ता यसैमा छ, के को दशैँ आउनु ।’ दशैँ कसरी मनाउने भन्ने गुनासोभन्दा बढी गुनासो राज्यसामु उनको छ । उनी भन्छन, ‘हामीहरु राज्यबाटै सबैभन्दा बढी अपहेलित भएका छौँ ।’ सरकारसँग अल्पसङ्ख्यक जातिको सूचीमा राख्न माग गर्न थालेको तीन दशक बित्यो उनी भन्छन, ‘राज्यले अझै सुनेको छैन ।’

यही माग लिएर तीन पटक सिंहदरबार धाएको उनले सुनाए । हातमा नागरिकताको प्रमाणपत्र बोकेर गृहमन्त्रालयको दैलो ढकढकाउन अधिकारको लागि पुगेका उनी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्