Logo
Logo

भागबण्डा टुङ्ग्याउन गठबन्धनको बैठक सुरू


4.7k
Shares

काठमाडौं । सत्ता गठबन्धनका नेताहरूको बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको सत्ता गठबन्धनको बैठकमा निर्वाचन क्षेत्र बाँडफाँटबारे अन्तिम टुंगो लगाउन प्रयास हुने बताइएको छ ।

फाइल फोटो

आइतबारको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई थोरै सिट दिन खोजिएको भन्दै धेरै पेल्न खोजेमा बाहिरिने बताएका थिए । आइतबार सहमति नभएपछि आजका लागि बैठक तय भएको थियो ।

बैठकमा यादवले आफूहरूलाई १६ सिट मान्य नहुने भन्दै कम्तीमा २२ सिट चाहिने बताएका थिए । त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले समेत आफूहरूलाई कम्तीमा २५ क्षेत्रमा दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्