Logo
Logo

सार्कका प्रमुख निर्वाचन आयुक्तहरुलाई निम्तो, अफगानिस्तानलाई गरिएन पत्रचार


1.3k
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पर्यवेक्षणका लागि सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तहरुलाई निम्तो गरेको छ ।

आयोगका प्रवक्ता कमल भट्टराईका अनुसार निर्वाचन पर्यवेक्षणका लागि परराष्ट्र मन्त्रालयमार्फत उनीहरुलाई आमन्त्रण गरिएको छ । निर्वाचन आयोगले निर्वाचनका बेलामा अरु सदस्य मुलुकका निर्वाचन आयोगमा निम्तो पठाउने प्रचलनअनुसार आमन्त्रण गरिएको हो ।

निर्वाचन आयोगका अनुसार, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्समा निम्तो पठाइएपनि सार्क सदस्य मुलुक अफगानिस्थानलाई भने पत्राचार गरिएको छैन । परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सल्लाहअनुसार अफगानिस्तानमा तालिबानको सरकार रहेको र आधारभूत लोकतान्त्रिक मूल्यमान्यता समेत नभएले निम्तो नपठाइएको हो ।

निर्वाचन आयोगले ४ मंसिरमा हुने निर्वाचनका लागि ४३ वटा संस्थाहरूलाई पर्यवेक्षणको अनुमतिसमेत दिएको छ । तीमध्ये ३५ वटा राष्ट्रिय संघसंस्था हुन् । दुईवटा अन्तर्राष्ट्रिय संस्था छन् भने बाँकी विभिन्न प्रकृतिका संस्थाहरु छन् ।

प्रतिक्रिया दिनुहोस्