Logo
Logo

बस र ट्रक एकापसमा ठोकिँदा १५ घाइते, ५ जनाको अवस्था गम्भीर



कैलाली । कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ गईरहेको ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १५ जना घाइते भएका छन् ।

डडेल्धुराको आलिताल गाउँपालिका क–१ मा पर्ने गङखेत भन्ने स्थानमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार सदूरपश्चिम यातायातको ना५ख ६७३४ नम्बरको बस र से१ख ८७८ नम्बरको ठोक्किएको हो ।

दुर्घटनामा परी घाईते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ । बसमा २४ जना सवार थिए।

प्रतिक्रिया दिनुहोस्