काठमाडौं । बसन्तपुरस्थित हनुमानढोका परिसरमा बोका र राँगाको बलि दिइएको छ । भगवतीको नाममा महाअष्टमी, महानवमी र चतुदर्शी तिथिमा बलि दिने प्रचलन छ ।

आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । त्यस्तै, घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।
यस्तै सवारी साधनहरुको पनि पुजाआजा गरी भाले, हाँस, नरिवलको चढाउने प्रचलन रहेको छ । आज उपत्यकाका शक्तिपीठहरू नरदेवी, शोभा भगवती, आकाश भैरव, बज्रबाराही, गणेशस्थान, कंकेश्वरी, भद्रकाली, महांकाललगायत शक्तिपीठमा गरिने बलिसहितको पूजा पनि गरिएको छ ।