Logo
Logo

नेपाल-स्वीट्जरल्याण्ड सिधा हवाई उडानमा जोडिँदै


1.1k
Shares

काठमाडौं । नेपाल र स्वीट्जरल्याण्ड सिधा हवाई सम्पर्कमा जोडिने भएका छन् । नेपाल र स्वीट्जरल्याण्डका नागरिक उड्डयन प्राधिकरणबीच द्धिपक्षीय हवाई सम्झौता अगाडि बढाउन र त्यसअगाडि नै वायुसेवा कम्पनीले चाहेमा उडान गर्न सक्नेगरी समझदारी भएको छ ।

दुई मुलुकबीच अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सम्मेलनका दौरान क्यानडामा यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार स्वीस इन्टरनेशनल एयरलाइन्सले सिंगापुर एयर र भारतको भिस्तारा एयरसँग ‘कोड शेयर’ सम्झौतामार्फत नेपाल उडान गर्न चाहेको छ ।

यस अवस्थामा स्विट्जरल्याण्ड र काठमाडौं सिधा हवाई सञ्जालमा जोडिने छन् । दुई मुलुकबीच हवाई सेवा सम्झौता भने आगामी डिसेम्बरमा गर्ने समझदारी भएको बताइएको छ । डिसेम्बरमा नाइजेरियामा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एक बैठकमा दौरान हवाई सेवा सम्झौतामा हस्ताक्षरको तयारी गरिएको छ ।

अधिकारीका अनुसार स्वीस इटरननेशनल एयरलाइन्सले गौतमबुद्ध र त्रिभुवन विमानस्थल दुबै विमानस्थलमा उडान गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्