Logo
Logo

आज पनि सत्ता गठबन्धनको बैठक बस्दै


1.3k
Shares

काठमाडौं । सत्तारुढ दलको आज पनि बैठक बस्दैछ । सिट बाँडफाँट टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरमा हुने निर्वाचनमा सिट बाँडफाँटका लागि बुधबार दिउँसो ३ बजे बैठक बोलाइएको छ ।

सिट बाँडफाँटका लागि आज बस्ने बैठकले अन्तिम रुप लिने अपेक्षा गरिएको छ । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा गठबन्धनका साझा उम्मेदवारी खडा गर्न पाँच दलबीच झण्डै दुई महिनादेखि छलफल भइरहेको छ ।
केही क्षेत्रमा दोहोरो दाबी भएकाले सहमति जुटाउन जटिल भइरहेको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

उनका अनुसार धेरै कुरा मिलिसकेको छ भने केही जिल्लाका केही ठाउँमा मात्र भागभण्डा मिलाउन बाँकी छ । त्यसैले आज बस्ने बैठकले अन्तिम रुप दिने सम्भावना प्रवल छ ।

प्रतिक्रिया दिनुहोस्