Logo
Logo

आगामी निर्वाचन स्थायित्व र समृद्धि ल्याउन ऐतिहासिक बन्न सकोस् : खिलराज रेग्मी


441
Shares

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले आसन्न निर्वाचन स्थायित्व र समृद्धि ल्याउन ऐतिहासिक बन्न सकोस् भन्र्दै कामना गरेका छन् ।

विजयादशमीको अवसरमा शुभकामना वइक्त गर्दै रेग्मीले निर्वाचनले राजनितिक दल र जनतालाई ‘हाम्रा मान्छे होइन, राम्रा मान्छे छान्ने र चुन्ने’ अवसर दिएकाले नवदुर्गा भवानीबाट त्यसका लागि सबैलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश समेत रहेका रेग्मीले भनेका छन्, ‘निर्वाचन भनेको मतदाताको हात माथि हुनु हो । मतदान गरे पछि पछुताउनुको कुनै अर्थ हुँदैन । अवको निर्वाचन उम्मेदवार र मतदाता दुवैको परीक्षण पनि हो ।’

बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको विजयादशमीका अवसरमा उनले सबै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्