Logo
Logo

गठबन्धनको बैठक छाडेर उपेन्द्र यादव पुगे ओली निवास



काठमाडौं । बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठक छाडेर जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

बालकोटमा अहिले एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबीच भेट भइरहेको छ । आगामी प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनले जसपालाई १६ सिट मात्र दिने भएपछि जसपा अध्यक्ष यादव एमालेसँग चुनावी तालमेलको गृहकार्यमा छन् ।

एमालेले २५ सिट दिन तयार भएको जसपाको दाबी छ । दुई–तीनवटा क्षेत्रमा कुरा मिल्न बाँकी रहेकाले बिहीबार मध्यरातसम्म सहमतिमा पुग्न सक्ने स्रोतको दाबी छ ।

सत्ता गठबन्धनको बैठक बिहीबार विहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसिरहेको छ । बैठकमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन छन् ।

प्रतिक्रिया दिनुहोस्