Logo
Logo

जसपा र राप्रपासँग निर्णायक बार्तामा एमाले


2.8k
Shares

काठमाडौं । मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहदाँ नेकपा एमालेले सत्तारुढ जनता समाजवादी पार्टी नेपाल र राप्रपासँग औपचारिक वार्तालाई तिव्रता दिएको छ ।

पाँच दलीय गठबन्धनमा आवद्ध जसपा नेपालसँग बिहिवार राती अबेरसम्म भएको बार्ता ‘निर्णायक अवस्था’मा पुगिरहेको बेला एमालेले आज अपरान्ह १ बजे राप्रपासँग पनि निर्णायक बार्ता गर्दैछ ।

दुवै पार्टीले तयार पारेको अनौपचारिक सहमतिलाई औपचारिक सहमतिमा टुंग्याउने गरी दुवै पक्षवीच निर्णायक वार्ता हुन लागेको हो । दुवै दलसँग यसअघि बिभिन्न चरणमा छलफल भएको र सम्भवतः शुक्रवार नै सहमतिको खाका सार्वजनिक गर्ने गरी वार्तालाई तिब्र बनाईएको नेताहरुले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्