Logo
Logo

निर्वाचनको मुखमा एमालेलाई झड्का, सत्गौवाले छोडे एमाले


19.5k
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएको बेला एमाले प्रवेश गर्ने र परित्याग गर्ने क्रम चलिरहेको छ ।

पछिल्लो समय हरेक दिनजसो अन्य पार्टीका नेता कार्यकर्तालाई एमालेले पार्टी प्रवेश गराइरहेको छ । तर, उत्तिकै संख्यामा एमाले परित्याग गर्ने नेता कार्यकर्ताको संख्या पनि बढ्दै गएको छ ।

नेकपा एमालेका नेता तथा निर्वतमान प्रतिनिधिसभा सदस्य गंगा चौधरी (सत्गौवा)ले एमाले परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत एमाले परित्याग गरेको घोषणा गरेका चौधरीले आफू स्वतन्त्र उम्मेदवारको रुपमा जनतामाझ जाने भनेका छन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु । जनता भगवान हुन जनता नै सर्वेपरी हुन । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु । हजुरहरुको साथ चाहिएको छ ।’

दाङ क्षेत्रमा एमालेका राम्रै पकड भएको नेता चौधरीले एमाले परित्याग गरी दाङ–१ बाट स्वतन्त्र उम्मेदवारी दिने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्