Logo
Logo

झापामा गठबन्धनलाई चुनौती दिने एमालेका चार उम्मेदवार


41.1k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।

जिल्लाभर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग तालमेल गर्ने निर्णय गरेको एमालेले एक निर्वाचन क्षेत्र राप्रपालाई छोडेर बाँकी चार निर्वाचन क्षेत्रको उम्मेदवार तय गरेको हो ।

एमालेको निर्णयअनुसार झापा–१ मा स्थायी कमिटी सदस्य अग्नि खरेल उम्मेदवार बनेका छन् । त्यसैगरी झापा–२ मा स्थायी कमिटी सदस्य देवराज घिमिरे र झापा–४ मा लालप्रसाद (एलपी) साँवा लिम्बू उम्मेदवार रहेको छन् ।

झापा–३ राप्रपालाई छोडेको एमालेले झापा–५ मा अध्यक्षे केपी शर्मा ओलीलाई उम्मेदवार बनाउने भएको छ ।

एमाले–राप्रपा तालमेल सहमतिअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्ने छन् । जहाँ एमालेले सहयोग गर्ने र बाँकी चार निर्वाचन क्षेत्रमा राप्रपाले एमालेलाई सहयोग गर्ने भएको छ ।

यसपटक एमालेले विगतमा झापा–२ बाट उम्मेदवारी दिँदै आएका अग्नि खरेललाई झापा–१ मा पठाएको छ भने झापा–२ मा देवराजलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्