Logo
Logo

जसपा बाहिरिएपछि लोसपा इन्ट्री !


21.5k
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक चलिरहेकै बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेका छन् ।

शुक्रबार बिहानैदेखि बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेको छ । बैठकमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरुको भने उपस्थित थिएन । सत्ता गठबन्धनमा सिट भागबन्डामा चित्त नबुझेपछि जसपा नेकपा एमालेसँग तालमेल गर्ने अवस्थामा पुगेको छ ।

फाइल फोटो

यसैबेला एमालेसँग चुनावी तालमेलका लागि निर्णायक छलफलमा रहेको लोसपाका नेताहरू गठबन्धन बैठकमा पुगेका हुन् । शुक्रबार शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनललगायतका नेताहरु बालुवाटार पुगेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्