Logo
Logo

‘सांसद अपहरण’मा ओलीलाई सघाएका सर्वेन्द्रलाई एमाले दियो टिकट


37k
Shares

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ६ मा सर्वेन्द्र खनालले टिकट पाएका छन् । नेपाल प्रहरीका पूर्वआईजीपी खनाल ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए ।

केपी शर्मा ओली प्रधानमन्त्री रहेकै बेलादेखि खनालले एमालेका लागि काम गर्दै आएका थिए । उनी दुई वर्षअघि समाजवादी पार्टी फुटाउन पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक ‘अपहरण’मा मुछिएका थिए ।

खनाल एमाले नेता महेश बस्नेत र किसान श्रेष्ठसँगै जनकपुर पुगेका थिए । तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पार्टीका नेता डाक्टर यादव अपहरणमा ओलीको डिजाइन भएको आरोप लगाएका थिए ।

त्यतिबेला जसपाले आफ्नो सांसदलाई अपहरण गरेको आरोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्