
काठमाडौं । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ ।
जनता समाजबादी पार्टीे बाहिरिएपछि गठबन्धनमा सामेल हुने तयारीमा रहेको लोसपा र कांग्रेस सिट टुंगो लगाउन छलफलमा जुटेको हो । सत्ता गठबन्धनले लोसपासँग वार्ताको जिम्मा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको थियो ।
लोसपाले संघमा १३ सिट र प्रदेशमा ३० सिट दाबी गरेको छ । आजको छलफलमा लोसपाबाट शीर्ष नेताहरु सहभागी छन् भने कांग्रेसबाट देउवासँगै महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला सहभागी छन् ।











