Logo
Logo

ओलीले भाञ्जालाई टिकट दिए, भित्रिया पार्वत बाइपास


37.9k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना भित्रिया पार्वत गुरुङलाई बाइपास गरेर भान्जा बालकृष्ण सिवाकोटीलाई टिकट दिएका छन् ।

ओलीले आफू प्रधानमन्त्री हुँदा गुरुङलाई सूचना तथा सञ्चारमन्त्री बनाएका थिए । तर, प्रतिनिधिसभा निर्वाचनको टिकट भने पार्वतलाई नदिएर भाञ्जा पर्ने सिवाकोटीलाई दिएका हुन् ।

पछिल्लो समय ओली र पार्वतबीच सम्बन्ध राम्रो नरहेको बुझिन्छ । पार्वतलाई रोक्न ओलीले नै अर्को नेता आनन्द पोखरेललाई उचालेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्