Logo
Logo

ओलीको रणनीति : आफू सुरक्षित हुन घनश्यामकाे क्षेत्र दाउमा


22.4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो सिट सुरक्षित गर्न घनश्याम भुसालको सिट दाउमा हालेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तीन सिटका लागि तालमेलको गरेको एमालेले रुपन्देही ३ मा घनश्याम भुषालको सिट खोसेर राप्रपाका नेता दीपक बोहरालाई दिएका छन् ।

अघिल्लो निर्वाचनमा भुषालले बोहरलाई झण्डै ५ हजार मत हराएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही ३ बाट भुसालले ३२ हजार ८६६ मत ल्याएर विजयी हासिल गरेका थिए भने बोहोराले २७ हजार ४२२ मत ल्याएका थिए । तर, आगामी मंसिर ४ गते हुने निर्वाचनमा राप्रपालाई सघाउने भएपछि भुषाल उम्मेदवार हुनबाट व्यञ्चित भएका छन् ।

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई सघाएर क्षेत्र नम्बर ५ को भोट आफूले लिने र जित्ने रणनीतिअन्तर्गत ओलीले राप्रपालाई उपयोग गर्ने नीति ०७४ सालदेखि नै लिएको हो । यही रणनीतिअनुसार ओलीले झापा ५ मा आफ्नो सिट सुरक्षित गर्न रुपन्देही ३ मा भुसालको सिट दाऊमा लगाएका हुन् ।

एमालेले बाँकेमा राप्रपा नेता धवलशमशेर जबरालाई सघाउने निर्णय गरेको छ । झापामा लिङदेन र रुपन्देहीमा बोहोरालाई सघाउने निर्णय गर्दै आफ्नो सिट सुरक्षित गर्न लागेका ओलीले एमालेका बैचारिक एवं सादगी नेता भुसाललाई दाउमा हालेपछि पार्टीका एकथरी नेता कार्यकर्ता भने असन्तुष्ट बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्