Logo
Logo

टिकट वितरणमा असन्तुष्टिः एमाले मोरङ सचिवले दिए राजीनामा



मोरङ । उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै एमाले मोरङ सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् ।

आउदो निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टीको विधि विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल भएको भन्दै खतिवडाले राजीनामा दिएका हुन् ।

‘पार्टीले गर्ने निर्णयका सूचनामा सचिवको संलग्नता अनिवार्य हुनुपर्नेमा त्यस अनुसार भएन । यस्तो गैह्र राजनीतिक कार्यको किनाराको साक्षी भएर बस्न नैतिकरुपमा नमिल्ने र आम पार्टी कार्यकर्ता र पार्टी सदस्यहरुको निष्ठा र भावना विपरीत हुने भएकाले नेकपा एमाले जिल्ला कमिटी मोरङको सचिव पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ,’ उनले राजिनामा पत्रमा लेखेका छन् ।

उनले राजिनामा पत्रमा पार्टी कमिटि कार्यार्थ हुनुपर्नेमा बोधार्थ र मानार्थ मात्रै बनाइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्