Logo
Logo

ओलीले आफूखुशी टिकट बाँडेपछि एमाले सुर्खेतले थाल्यो विद्रोह


52k
Shares

सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीली आफूखुशी टिकट बाँडेपछि एमाले सुर्खेतले बिद्रोह थालेको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख)मा एकल सिफारिस भएका खड्कबहादुर खत्रीको टिकट खोसिएपछि एमालेमा विद्रोह सुरु भएको हो ।

जसमा सिफारिसमै नपरेका नेकपा एमालेका नेता डण्डीप्रसाद शर्मालाई केन्द्रीय पार्टी कमिटीले टिकट दिएको छ । शनिबार नेकपा एमाले सुर्खेतको जिल्ला सचिवालय बैठकले सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख)को टिकट परिवर्तन तत्तकाल परिर्वतन गर्नुपर्ने निर्णय गरेको छ ।

नेकपा एमाले सुर्खेत अध्यक्ष अमृतकुमार बिसीले उक्त क्षेत्रको टिकट परिर्वतन नभए निर्वाचन जिताउन नसकिने बताए । उनले हारको जिम्मेवारी केन्द्रीय कमिटीले लनुपर्ने निर्णय गरेर एमाले केन्द्रीय कर्यालयलाई चिठी पठाएको जानकारी दिए ।

वीरेन्द्रनगरमा सुर्खेत अध्यक्ष विसीको अध्यक्षतामा बसेको बैठकले पार्टीको अन्तरपार्टी निर्देशन बमोजिम एकल रुपमा सिफारिस भएका निवर्तमान प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री खत्रीलाई टिकट नदिएर सिफारिसमै नपरेका प्रदेश कमिटी सदस्य शर्मालाई टिकट दिनु पार्टी विधान र निर्देशन बिपरित भएको ठहर गरेको छ ।

बैठकले सम्बन्धित निर्वाचन क्षेत्रमा नामावली समेत नभएका र सधैं पार्टी अनुशासन उलङ्घन गरि पार्टीका विरुद्धमा सार्वजनिकरुपमा लागेका शर्मालाई उम्मेदवार बनाउदा आम कार्यकर्ता र मतदाताको भावना प्रतिकुल हुने निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्