Logo
Logo

माओवादीमा बाबुरामलाई दुई सिट, को-को उम्मेदवार ?


34.4k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले नेपाल समाजवादी पार्टीलाई प्रतिनिधिसभातर्फ दुई सीट दिएको छ ।

माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको सो पार्टीलाई प्रतिनिधिसभातर्फ काठमाडौं-७ र सर्लाही-२ को टिकट दिएको हो । यो सँगै काठमाडौं-७ मा मानुषी यमी भट्टराई उम्मेदवार हुने भएका छन् ।

सर्लाही-२ बाट महिन्द्रराय यादवले टिकट पाएका छन् । डा. भट्टराईले गोरखा-२ मा प्रचण्डलाई समर्थन गरेपछि छोरी मानुषीलाई प्रचण्डकै प्रस्तावमा काठमाडौं-७ मा उम्मेदवार बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्