Logo
Logo

एमाले परित्याग गरेका घनश्यामलाई रुपन्देही-१ बाट निर्वाचन लड्न माओवादीको प्रस्ताव


23.3k
Shares

काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाललाई माओवादी केन्द्रले रुपन्देही- १ बाट निर्वाचन लड्न प्रस्ताव गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीले रुपन्देही-३ मा राप्रपालाई सघाउने निर्णय गरेपछि घनश्यामले एमाले परित्याग गरेका हुन् ।

माओवादीले आफ्नो भागमा परेको सो क्षेत्रमा भुसाल निर्वाचन लड्न आए गठबन्धनले अर्को उम्मेद्वार नउठाउने भएको छ । तर भुसालले भने यस विषयमा कुनै निर्णय भने गरेका छैनन् ।

एमालेले राप्रपासँग तीन सिटका लागि राप्रपासँग तालमेल गरेको छ । रुपन्देही-३ मा राप्रपा नेता दीपक बोहरालाई एमालेले सघाउने निर्णय गरेको छ । अघिल्लो निर्वाचनमा घनश्यामले बोहरलाई ५ हजारभन्दा बढी मतले हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्