सुर्खेत । कुनै पनि क्षेत्र आफ्नो दललाई भाग नपरेपछि सुर्खेतमा नेकपा (एकीकृत समाजवादी)ले विद्रोहको चेतावनी दिएको छ ।
गठबन्धनको शुक्रबारको निर्णय नसच्चिएको खण्डमा गठबन्धन तोड्ने र प्रतिनिधिसभाका २ र प्रदेश सभाका चार वटै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने निर्णय समाजवादीले गरेको हो ।

गठबन्धनको निर्णयअनुसार दुई वटै प्रतिनिधि सभा कांग्रेस र प्रदेश सभाका तर्फका चार मध्ये दुई कांग्रेस र दुई माओवादीलाई मिलाएर समाजवादीलाई आउट गरिएको छ ।
समाजवादीले सुर्खेत क्षेत्र नंं.-२ (ख)मा दाबी गरेको थियो भने समाजवादीका जिल्ला अध्यक्ष मोहन बडूवालले उम्मेदवारी समेत घोषणा गरेर चुनाव प्रचारप्रसारमा जुटिसकेका थिए ।
बडूवालका अनुसार यदि गठबन्धनमा असर पर्ने गरी पार्टीको टिकट आएन भने ६ वटै क्षेत्रमा स्वतन्त्र उम्मेदवारसहित निर्वाचनमा होमिने निर्णय गरिएको छ । त्यसका लागि उम्मेदवारहरूको सूची समेत तयार गरिसकिएको छ ।