Logo
Logo

समानुपातिकतर्फ प्रतिनिधि सभामा ४८ दल, २ हजार ४३६ जना उम्मेदवार


2.1k
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभातर्फका समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची तयार पारेको छ ।

आयोगले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधि सभातर्फ ४८ वटा दलका २ हजार ४३६ जना उम्मेदवार रहेको जानकारी दिए ।

त्यस्तै, प्रदेश १ मा ३६ वटा दलका ६६१ जना, मधेश प्रदेशमा ३६ दलका ९४८ उम्मेदवार रहेको पनि थपलियाले बताए ।

त्यस्तै, बागमती प्रदेशमा ४१ वटा दलका ८२५ जना, गण्डकी प्रदेशमा ३१ दल ३६८, लुम्बिनी प्रदेशमा ३२ दलका ६५७, कर्णली प्रदेशमा २८ दलका २२२ र सुदूरपश्चिम प्रदेशमा ३४ दलका ३७६ जनाको उम्मेदवारी रहेको थपलियाले बताए ।

प्रतिनिधि सभा र प्रदेश सभातर्फ कूल ६ हजार ४९३ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्