Logo
Logo

यी हुन् मोरङमा माओवादीका उम्मेदवार (नामसहित)


8.3k
Shares

विराटनगर । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले मोरङमा उम्मेदवारको टुंगो लगाएको छ ।

माओवादीले प्रतिनिधिसभा तर्फ २ र प्रदेशसभातर्फ ३ वटा क्षेत्र पाएको पाँच जना उम्मेदवार टुंगो लगाएको हो । प्रतिनिधिसभातर्फ मोरङ-४ बाट अमनलाल मोदी र ५ बाट शिवकुमार मण्डलले टिकट पाएका छन् ।

प्रदेश सभातर्फ मोरङ-१ ‘क’बाट कुलप्रसाद साम्बा (कुशल लिम्बू) र २ ‘क’ बाट गणेश उप्रेतीले टिकट पाएका छन् । मोरङ-६ ‘क’ बाट माओवादी अध्यक्ष प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्यले टिकट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्