धनगढी । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा र प्रदेशसभातर्फका उम्मेदवारको टुंगो लगाएको छ ।

कैलालीमा सो पार्टीले प्रतिनिधिसभातर्फका ५ र प्रदेशसभातर्फका १० सिटको उम्मेदवारको नाम टुंगो लगाइएको हो । कैलाली-१ मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ, प्रदेशसभा ‘क’ मा कैलाश चौधरी र ‘ख’ मा लक्ष्मण किशोर थारु उम्मेदवार चयन भएका छन् ।
त्यस्तै, कैलाली-२ मा प्रतिनिधिसभातर्फ अरुणकुमार चौधरी, प्रदेशसभा क’ मा रतनकुमार थापा र ‘ख’ मा रामेश्वर चौधरी उम्मेदवार चयन भएका छन् । कैलाली-३ मा गंगा चौधरी, प्रदेशसभा ‘क’ मा घनश्याम चौधरी र ‘ख’ मा खुसीराम चौधरी (भिमसेन) चयन भएका छन् ।
कैलाली- ४ मा प्रतिनिधिसभा सदस्यमा कैन्या चौधरी, प्रदेशसभा ‘क’ मा राजेन्द्र देवकोटा र प्रदेशसभा ‘ख’ मा कमल भट्टलाई उम्मेदवार चयन भएका छन् ।कैलाली- ५ मा टीकापुर घटनामा दोषी ठहर भएका लक्ष्मण थारुलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।