काठमाडौं । नेकपा एमालेले अछाम- १ को टिकट माओवादी केन्द्रबाट एमाले आएका झपट बोहरालाई दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्षका लागि चुनाव लडेका भीम रावललाई सो क्षेत्रबाट उम्मेदवार बन्न बञ्चित गर्दै एमालेले बोहरालाई टिकट दिएको हो।
त्यस्तै, अछाम- १ प्रदेश सभामा भने कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरलाई टिकट दिइएको छ । अछाम- २ को प्रतिनिधिसभामा यज्ञ बोगटीले टिकट पाएका छन् भने प्रदेश सभामा भीम विष्ट र शिव उपाध्यायले पाएका छन् ।