Logo
Logo

खोटाङमा कांग्रेसले छाड्यो गठबन्धन, सर्वधनलाई उम्मेदवार बनाउने



खोटाङ। खोटाङमा संघतर्फ माओवादी केन्द्रले टिकट पाए कांग्रेसले सत्ता गठबन्धन छाडेको छ । शनिाबर भएको छलफलबाट गठबन्धन छाडेर एक्लै संघीय संसद र दुवै प्रदेशमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकले संघमा सर्वधन राई, प्रदेशसभा ‘क’ मा पार्टीका पूर्वजिल्ला सभापति सुवासकुमार पोखरेल र प्रदेशसभा ‘ख’ मा पार्टीका जिल्ला सभापति विष्णुकुमार राईलाई उम्मेदवार बनाउने निर्णय भएको एक नेताले जानकारी दिए ।

सत्ता गठबन्धनबाट माओवादीबाट समिता कार्की र रामकुमार राई ‘पासाङ’ले टिकट पाउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्