
१. प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीले आफूखुशी टिकट बाँडेपछि नेकपा एमालेमा बिद्रोह, नेता घनश्याम भुसालद्वारा पार्टी परित्या, पार्टीमा ओलीको दम्भ र स्वेच्छाचारिता मौलाएको आरोप, भीम रावललाई टिकट नदिएपछि एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडे, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यद्वारा पार्टीको टिकट अस्वीकार ।

२. आगामी ४ मंसिरमा हुने निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने, अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका सवारीसाधन मात्रै सञ्चानल गर्ने व्यवस्था यसपटक नरहेको निर्वाचन आयोगद्वारा जानकारी, सामान्य दिनमा जस्तैगरी सावारी सधान सञ्चानल नभएपनि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी महासंघ, गृह मन्त्रालयसँगको समन्वयमा यातायातका साधानलाई सञ्चालन अनुमति दिइने ।

३. प्रतिनिधिसभा तथा प्रदेश सभातर्फका समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची तयार, प्रतिनिधि सभातर्फ ४८ वटा दलका २ हजार ४३६ जना उम्मेदवार, प्रदेश १ मा ३६ वटा दलका ६६१ जना, मधेश प्रदेशमा ३६ दलका ९४८ उम्मेदवार, बागमती प्रदेशमा ४१ वटा दलका ८२५ जना, गण्डकी प्रदेशमा ३१ दल ३६८, लुम्बिनी प्रदेशमा ३२ दलका ६५७, कर्णली प्रदेशमा २८ दलका २२२ र सुदूरपश्चिम प्रदेशमा ३४ दलका ३७६ जनाको उम्मेदवारी ।

४. सभामुख अग्निप्रसाद सापकोटाद्वारा आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा, आगामी दिनमा संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील रहेको प्रतिबद्धता, लगातार तीन पटक निर्वाचित गरी राष्ट्रिय भूमिका निर्वाह गर्ने र जनताको सेवा गर्ने अवसर दिएको भन्दै सिन्धुपाल्चोकका मतदाताप्रति हार्दिक आभार व्यक्त ।

५. नेपाली कांग्रेसले ६० वटा निवाचन क्षेत्रको उम्मेदवारको टुंगो लगायो, सत्ता गठबन्धनबाट पाएको ८४ सिटमध्ये ६० क्षेत्रमा उम्मेदवार तय, सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट निर्वाचन लड्ने, डा शेखर कोइराला मोरङ–६, उपसभापति धनराज गुरुङ स्याङ्जा–२, पूर्णबहादुर खड्का सुर्खेत–१, महामन्त्री गगन थापा काठमाडौं–४ र विश्वप्रकाश शर्मा झापा-१ बाट निर्वाचन लड्दै ।

६. आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जनता समाजवादी पर्टाी (जसपा)ले उम्मेदवार टुंगो लगायो, सत्ता गठवन्धनमा सिट भागबन्डामा सहमति जुट्न नसकेपछि बाहिरिएका जसपाले नेकपा एमालेसँग तालमेल, केही निर्वाचन क्षेत्रको उम्मेदवार थप गर्न बाँकी ।

७. आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रमका लागि तयारी पूरा, आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने, आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइयो ।

८. अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने, हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपासमा न्यून चापीय क्षेत्रको असर रहेकाले मनसुन केहीदिन लम्बिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको भनाइ, मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा ।

९. नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका खेल भोलिदेखि पोखरामा सुरु हुँदै, प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ गते हुने भपनि त्यसअघि नै केही खेल सञ्चालन, महिला क्रिकेट भोलिदेखि, गण्डकी र मधेस प्रदेश भिड्दै, महिला क्रिकेटमा नौ टोलीले सहभागिता, दुई समूहमा विभाजन ।

१०. युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको द्वन्द्वबीच युक्रेनका लागि मुख्य चुनौतीबारे रूपरेखा प्रस्तुत, युक्रेनका लागि मुख्य चुनौती रूसी आक्रमणबाट आफ्नो ऊर्जा सुविधाको भौतिक सुरक्षा रहेको भनाइ, युक्रेनलाई आफ्नो ऊर्जा पूर्वाधारमा सम्भावित आक्रमणरोक्न पर्याप्त हवाई प्रतिरक्षा प्रणालीको आवश्यकता रहेको ठहर, द्वन्द्वपछिको पुनर्निर्माण सरकारका लागि तेस्रो महत्वपूर्ण कार्य भएको उल्लेख ।












