
एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) गोलरहित बराबरीमा रोकिएको छ ।
पीएसजीले शनिबार राति प रेइम्ससँग गोलरसहित बराबरी खेल्दै अंक बाँडेका छ । लियोनल मेसी बिना मैदान उत्रिएको पिएसजी पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो ।
४१औं मिनेटमा रामोसले दोहोरो पहेँलो कार्डको सामना गर्दै बाहिरिएका थिए । अर्का स्टार नेयमार समेत बेन्चमा रहेको स्थितिमा पिएसजीको अग्रपंक्ति केलियम एम्बाप्पेले सम्हालेको थिए ।
नेयमार ५७औं मिनेटमा मैदान प्रवेश गरेका थिए । १० खेलबाट २६ अंक जोडेको पिएसजी शीर्ष स्थानमा छ ।
समान खेलबाट ८ अंक जोडेको रेइम्स १४औं स्थानमा छ ।











