
काठमाडौं । कांग्रेसले काठमाडौं ५ मा प्रदिप पौडेललाई टिकट दिएको छ ।
आइतबार बिहान कांग्रेसले पौडेलको टिकटको टुंगो लगाएको हो । यसअघि उनी तनहुँ २ बाट लड्ने चर्चा थियो । त्यहाँ कांग्रेसकै शंकर भण्डारीले टिकट पाएका छन् ।
पौडेलले सत्तागठबन्धनका साझा उम्मेदवारका रुपमा एमाले उपाध्यक्ष इश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्ने भएका हुन् । पौडेल शालिन र क्षमतावान युवा नेताको पहिचान बनाएका छन् ।
काठमाडौं ५ मा यसअघिको निर्वाचनमा एमालेबाट पोखरेल निर्वाचित भएका थिए । पोखरेलले विकासमा चासो नदेखाएको भन्दै स्थानीय उनीसँग असन्तुष्ट छन् ।