
काठमाडौं । उद्योगपति विनोद चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष निर्वाचन लड्ने भएका छन् ।
यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक नेपाली कांगेसबाट प्रत्यक्ष उम्मेदवार बनेका हुन् ।२०६४ को संविधान सभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए ।
२०७० को संविधान सभा निर्वाचनमा नेकपा एमालेले उनलाई यही क्षेत्रमा प्रत्यक्षतर्फ उठाउने तयारी गरेको थियो । तर त्यतिबेला उनले प्रत्यक्षमा निर्वाचन लड्न चाहेका थिएनन् ।











