
काठमाडौं । हिन्दुवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई जिताउने जिम्मेवारी नेकपा एमालेले लिएको छ ।
राप्रपा नेपालका अध्यक्ष थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच थापालाई जिताउने सहमति भएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा थापा मकवानपुर–१ बाट चुनाव लड्दैछन् ।
ओलीले निर्वाचन जिताउने जिम्मा लिएपछि खुसी हुँदै थापाले फेसबुकमा लेखेका छन्– ‘नेकपा एमालेको सहयोगमा मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार हुँदै छु । सद्भाव र सहकार्यका लागि एमालेलाई धन्यवाद।’
नेकपा एमालेले राजावादी दल राप्रपासँग पनि चुनावी तालमेल गरेको छ ।