काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार पनि अस्पतालमै रहने भएकी छन् । ज्वरो तथा रुघाखोकी भएपछि उनी शनिबार महाजराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । ज्वरो केही कम भएपछि राष्ट्रपति भण्डारी आइतबार पनि अस्पतालमै रहने उपचारमा संलग्न चिकित्सकले जनाएको छ ।

उपचारमा सम्लग्न फिजिसियन डा. निरज बमका अनुसार भण्डारीको आज एक्सरे लगायतको परीक्षण गरिएको छ । परीक्षणको रिपोर्टमा कुनै पनि समस्या देखिएको छैन । चार दिनदेखि ज्वरो तथा रुघाखोकीले थला परेकी उनी स्वास्थ्य उपचारका लागि शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्ज पुगेकी थिइन् ।











