
काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष नेपालले गृहजिल्ला रौतहट १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट उम्मेदवार टुंगो लागेको छैन । मंसिर ४ गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।











