
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् । यसअघि २०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएको थिए ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापाका १, २, ४ र ५ मा एमाले तथा क्षेत्र नम्बर ३ मा राप्रपा मिलेर चुनाव लड्ने भएका छन् ।











