Logo
Logo

काठमाडौं–४ मा गगन, प्रदेशतर्फ श्रीराम र कुुशुमकुमार


8.1k
Shares

काठमाडौं । काठमाडौं–४ मा गगन थापा नै उम्मेदवार बन्ने भएका छन् ।

कांग्रेस महामन्त्री थापाले यो क्षेत्रबाट तेस्रो पटक टिकट पाएका हुन् । २०६४ सालको संविधान सभा निर्वाचनमा समानुपातिक सांसद रहेका थापा २०७० र २०७४ मा प्रत्यक्ष निर्वाचित भएका थिए ।

यस्तै प्रदेश सभातर्फ कमा काँग्रेसका श्रीराम लामिछाने र खमा नेकपा समाजवादीका कुुशुमकुमार कार्कीले टिकट पाएका छन् ।

यी तीनै जना दिउँसो ३ बजे चपलीस्थित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्