काभ्रेपलाञ्चोक । रामेछापको खाँडादेवी गाउँपालिकाबाट काठमाडौं जाँदै गरेको बा ३ ख ४०४८ नम्बरको रिर्जभ बस खाँडादेवी गाउँपालिका–३ भिरपानीको गुन्डुखोला भन्ने ठाउँमा दुर्घटना भएको छ ।
आइतबार बिहान भएकाे सो दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिए ।

उनका अनुसार रिजर्भ गरिएको बस ओरालो मोडमा अनियन्त्रित भइ सडक छेउमा पल्टिँदा बसमा सवार १६ जनामध्ये १३ जना घाइते भएका हुन् । डिएसपी थिङका अनुसार घाइतेहरुको उद्दार गरी थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ ।

घाइते हुनेमा खाँडादेवी ७ पात्लेका अन्दाजी बर्ष ३४ को युवराज तामाङ, बर्ष २९ को अजय तामाङ, सुस्मिता तामाङ, रस्मि तामाङ, सपना तामाङ,े रमेश तामाङ, अन्दाजी बर्ष २४ का बास्ना घिसिङ, बर्ष २४ का बिकाश तामाङ, श्याम लामा, रिता घिसिङ, प्रेरणा श्रेष्ठ, सुमित्रा कार्की र धनराज तामाङ रहेको प्रहरीले जनाएको छ ।











