Logo
Logo

एमालेले धोका दिएपछि प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी


19.7k
Shares

जनकपुर । नेकपा एमालेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । टिकट दिने वाचासहित नेता साहले आफूसँगै विभिन्न पार्टीबाट भित्र्याएका नेतालाई एमालेले टिकट नदिएपछि साहले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

स्वतन्त्र उम्मेदवार दिएर आफूले ठूलो जोखिम लिए पनि आफूले जनताले चाहेको गर्न लागेको बताए । उनले भने, ‘जायज कामका लागि स्वतन्त्र उम्मेदवारी दिएर मैले ठूलो जोखिम मोलेको छु, जनताले के चाहेका छन् भनेर हामीले टेस्ट गर्न चाहेका छौँ। रौतहटको तागत के हो चुनावमै थाहा हुन्छ ।’

उनले आफूलाई सत्ताका लागि मरिहत्ते गर्ने पार्टीको टिकट नचाहिने बताए । उनले भने, ‘मलाई सत्ताका लागि केही गर्न तयार हुने पार्टीको टिकट चाहिएन पार्टीले दिएको टिकट यहीँ राखेको छौं। हामीले एक भएर स्वतन्त्र उम्मेदवारी दियौँ ।’

जसपाबाट एमालेमा आएका किरण साह, लोसपाबाट आएका अजय गुप्ता र कांग्रेस छाडेर आएका राजेश चौधरीले टिकट नपाएपछि साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका साह नेकपा विभाजनपछि एमालेमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्