
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत भण्डारीलाई कोरोना पोजेटिभ भएको अस्पतालले जनाएको छ।
हिजो (आइतबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।
ज्वरो तथा रुघाखोकी भएपछि उनी शनिबार महाजराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् ।











